पशुपतिनगर प्रहरीद्धारा लागुऔषध ९ सय थान नाइट्रोभेटसहित एक पक्राउ

 

हेटौंडा । मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा १५ रातोमाटेबाट लागुऔषधसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ९ पिडारीका ३४ बर्षीय फुल महम्मद रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले धनुषाबाट नारायणगढ जाँदै गरेको लु १ ख ७१०२ नम्बरको बस जाँचका क्रममा मोहम्मदले बोकेको झोलामा ९ सय थान नाइट्रोभेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् । पक्राउ परेका माथी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। पछिल्लो समयमा काफ्लले निरन्तर रुपमा यस्ता तस्करलाई पक्राउ गरेपछि तस्कार अन्य नाका तस्कर गर्ने क्रम बढेको छ ।