जनताको सेवामा बटुकदल गण, बोटेटोलमा उद्वार केन्द्रसहितको ट्रष्ट घर निर्माण शुरु

 

चितवन : नेपाली सेनाले बोटेटोलमा सुविधायुक्त उद्वार केन्द्र सहितको ट्रष्ट घर निर्माण शुरु गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तैनाथ बटुकदल गणले नागरिक– सैनिक सम्बन्ध अभिवृद्धि गर्न तथा धेरै भन्दा धेरै स्थानीय जनताहरु प्रत्यक्ष लाभान्वित हुने किसिमले सामाजिक आर्थिक पूर्वाधार विकासका कार्यक्रमहरु अन्तर्गत नेपाली सेनाले उक्त ट्रष्ट घर निर्माण शुरु गरेका हुन् ।
सेनाबाट प्राप्त १०लाख रुपैयाँ तथा जनश्रमदानबाट भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित बोटेटोलमा बोटेटोलमा ट्रष्ट घर निर्माण शुरु गरिएको वडाध्यक्ष विष्णु महतोले जानकारी दिनुभयो ।
बर्षातको समयमा रापती नदीमा आउने बाढीले बोटेटोल आसपासका क्षेत्रहरुमा बसोबास गर्ने करिव ६८ घरधुरी प्रत्यक्ष रुपमा डुवानमा पर्ने हुंदा उक्त डुवानमा परेका स्थानीयबासीहरुलाई उद्धार गरि सुरक्षित साथ राख्न, उक्त इलाकामा गरिव तथा बिपन्न बोटे समुदायका मानिसहरु बसोबास गर्ने हुंदा उक्त भवनमा बाढी प्रभावित ब्यक्तिहरुलाई राख्न, स्थानीय बासिन्दाले परम्परागत तथा सांस्कृतिक कार्यक्रम लगायत सामाजिक भेला तथा बैठक आयोजना गर्न सो ट्रष्ट घर उपयोगी बटुक दलका गणपति अरुण श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न किसिमका तालिम, सेमिनार, गोष्टी लगायतका सामुहिक कार्यक्रमहरु आयोजना गर्न उक्त ट्रष्ट घर अत्यन्तै उपयोगी हुने उद्धेश्यले उद्वार केन्द्रको रुपमा बहुउशेश्यिय सुविधायुक्त विजुली, पानी, ट्वाइलेट, बाथरुम आदि सहितको ट्रष्ट घर निर्माण गर्न लागिएको वडाध्यक्ष महतोको भनाइ छ ।
नेपाली सेना, भरतपुर महानगरपालिका र वडा कार्यालयको लगानीमा भरतपुर २२, गर्बेटाडी, घटगाईमा बिपतको समयमा उद्दार होस् भन्ने हेतुले उद्दार केन्द्रू निर्माण गरिने उहाँको भनाइ छ। सेनाले संरक्षणमा स्थानियलाई अग्रसर गरेको काम निकै उपयोगी सावित देखिने स्थानिय सामाजिक अगुवाई रामहरि सेढाई बताउनुहुन्छ ।