भारत–पाकिस्तान भिडन्तमा ५ सुरक्षाकर्मी सहित ११ को मृत्यु भएको भारतको दावी

एजेन्सी : भारत र पाकिस्तानका सेनाबीच विवादास्पद क्षेत्र जम्मु–कस्मिरमा भिडन्त भएको छ । शुक्रबार सीमाको नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारततर्फ ५ सुरक्षाकर्मी र ६ सर्वसाधारणको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सेनाको जवाफी कारबाहीमा पाकिस्तानतर्फ ३ कमान्डरसहित ११ सैनिक मारिएको दैनिक भास्करले दाबी गरेको छ ।
दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

दैनिक भास्करका अनुसार पाकिस्तानी सेनाले जम्बु–कस्मिरको पुंछ, केरन, गुरेज सेक्टरमा सीजभायलेसन गरेको छ । कुपवांडादेखि बारामूलासम्म पाकिस्तानी सेनाले फायरिङ गरेको भारतको दावि छ ।