महाकवि देवकोटाका प्रेरक भनाइ

काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म विक्रम संवत् १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।
देवकोटा नेपाली साहित्यका महाकवि हुन् । उनी नेपाली साहित्यमा कविता, नाटक, आख्यान, निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाएका बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेको योगदान उच्च मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल महाकाव्यजस्ता अद्वितीय कृतिहरु लेखेका छन् ।
विशेषगरी लक्ष्मीप्रसादको मुनामदन लोकप्रिय छ । उनका कृतिसँगै भनाइहरु पनि उत्तिकै लोकप्रिय छन् । हेरौं महाकवि देवकोटाका केही प्रेरक भनाइहरु :
– मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
– कुनै पनि मानिसको सबै हातमा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।
-सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापि वीर हुन सक्दैन ।
– खराब बीचबाट पनि असल कुरा सिक्नु महान्ता हो ।
– चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाइँतिर लम्कनु नै पर्वतारोही हो ।
– दर्शन भय हो भने कविता सत्य हो ।
– घर चिन्न घर छाडौं तर घर नबिर्सौं ।
– जीवन एक पाङ्ग्रजस्तो हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।
– मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ ।
-सहर र गाउँमा जम्मा दुई कुरा फरक छन् ।
सहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ,
गाउँमा घर टाढा हुन्छन् तर मन नजिक हुन्छ ।
– सुन भनेको हातको मैला हो, आनन्द त त्यसमा छ जहाँ साग र सिस्नु खाँदा मिल्छ ।
– संसार अध्यारो समान हो ।
– जीवन भनेको खाग समान छ त्यसैले यसको घमण्ड नगर ।
-मृत्यु जहिले पनि तिम्रो अगाडि हुन्छ ।