मानव वन्यजन्तु द्वन्द्व कम गर्न चितवनमा छात्रवृत्ति प्रदान (भिडियो सहित )

चितवन : मानव वन्यजन्तु द्वन्द्व कम गर्न चितवनमा छात्रवृत्ति प्रदान गरिएकाे छ । वन्यजन्तुकाे आक्रमणबाट घाईते तथा मुत्यु भएका परिवारका सदस्यहरूलाई संरक्षणमा अग्रसर गराउन राष्ट्रिय प्रकृति संरक्षण काेष तथा जाैविक विविधता सुचना केन्द्र साैराहाले जनही १५ हजार रूपैयाँका दरले १५ जनालाई छात्रवृत्ति प्रदान गरेकाे प्रमुख बाबुराम लामिछानेले जानकारी दिए । No description available.
जर्मन नेपाल हेल्प एशाेसिएसन र किन्डर हेल्प नेपालकाे सहकार्यमा विगत ३ बर्षदेखि राहत दिएकाे जानकारी दिदै काेषका संरक्षण अधिकृत अनिल प्रसाईले द्वन्द्व घटाउदै संरक्षणमा अग्रसर गराउन र जिवनस्तरमा सहयाेग र संरक्षणमा एकवद्वताका लागि राहत उपयाेगी भएकाे बताए । एक समाराेहका बिच चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेती, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका दुर्गाप्रसाद घिमिरे, काेषका प्रमुख बाबुराम लामिछानेले संयुत्त रूपमा चेक मार्फत छात्रवृत्ति प्रदान गरेका थिए । वनवन्यजन्तु संरक्षणमा स्थानियलाई थप अग्रसर गराउन यस्ता कार्यक्रम उपयाेगी हुने निकुञ्जका सहायक संरक्षण अधिकृत उप्रेतीले बताए । No description available.
यस्तै मृगकृञ्जका अध्यक्ष दुर्गा घिमिरेले स्थानीयलाई संरक्षणमा आकर्षित गर्न यस्ताे कार्यक्रम अझै धेरै अावश्यक भएकाे बताए । कार्यक्रम काेषका रेन्जर ऋषि सुवेदीले सञ्चालन गरेका थिए । काेषले मृगकृञ्जसहित विगत ३ बर्षदेखि माडीकाे पाचपाण्डव, अध्याेधापुरी, पर्सा निकुञ्ज २ वटामा पनि छात्रवृत्ति दिदै अाएकाे छ । अागामी चितवनका सबै मध्यवर्तीमा यस्ता कार्यक्रम सुरू गर्ने काेषकाे याेजना छ । No description available.