जंगलबाट सशस्त्रले बरामद गर्याे एक थान भरुवा बन्दुक

कञ्चनपुर : कृष्णपुर नगरपालिका १ कुइयागडा चुरे भावर वन क्षेत्रबाट सशस्त्र प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी निरीक्षक इश्वरीदत्त भट्टको कमाण्डमा रहेको एरिया मोवाईल टोलीले भरुवा बन्दुक फेला पारेको हो।

वन क्षेत्रमा बन्दुक पड्केको आवाज सुनिएपछि मोबाइल टोलीले चोरी शिकारीको आशंकामा खोजतलास गर्दा बन्दक फेला पारेको गस्तीमा संलग्न सशस्त्र प्रहरीका जवानहरूले बताएका छन। बन्दुक पडकाउनेहरू भागेकाले पक्राउ गर्न सकिएन।

बन्दुक पड्काउनेहरू चोरी शिकारी गर्न वन क्षेत्रमा गएका व्यक्तिहरू हुन सक्ने बताइएको छ। बरामद बन्दुक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ। सोही ठाउको पहरीयाबाट सशस्त्र प्रहरीले बिहीबार राति अवैध काठसमेत बरामद गरेको थियो।

जय गौरी शंकर सामुदायिक वनमा अबैध रुपमा काठ काटिरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक चन्द्रदेव भट्टको कमाण्डमा खटिएको टोलीले ६० क्यूविक फुट काठ बरामद गरेको हो।

बरामद काठ वडा अध्यक्ष मोहनबहादुर बस्नेत र सामुदायिक वनका अध्यक्ष अर्जुन सिंह ठकुल्लाको जिम्मा लगाइएको छ।