Sauraha Online
  • मंगलबार, चैत्र ६ २०८०
  • Tuesday, 19 Mar, 2024

अत्यधिक मुनाफाका लागि पुराना जहाजको खरिद नै दुर्घटनाको प्रमुख कारण भएको क्रान्तिकारी माओवादीको आरोप

अत्यधिक मुनाफाका लागि पुराना जहाजको खरिद नै दुर्घटनाको प्रमुख कारण भएको क्रान्तिकारी माओवादीको आरोप

सौराहा अनलाइन
  • आइतबार, माघ १ २०७९
  • January 15, 2023


अत्यधिक मुनाफाका लागि पुराना जहाजको खरिद नै दुर्घटनाको प्रमुख कारण भएको  क्रान्तिकारी माओवादीको आरोप

काठमाडौँ  :  नेकपा क्रान्तिकारी माओवादीले सबैभन्दा सुरक्षित मानिने हवाई यात्रा नेपालमा असुरक्षित हुँदै गएको कुरा बारम्बारका हवाई दुर्घटनाले पुष्टि गरेको बताएको छ । अत्यधिक मुनाफाका लागि कम मूल्य पर्ने पुराना जहाजहरूको खरिद, भ्रष्टाचार र सरकारको लापरबाही नै यसका पछाडिका प्रमुख कारण भएको आरोप लगाउदै दुर्घटनाको उच्चस्तरीय छानबिन गरी त्यसको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि शख्त कार्वाही गर्न पार्टीले सरकारसँग माग गरेको हो ।

पार्टीले यस दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनका परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेको छ । बाँकीको शीघ्र खोजी गर्न प्रवक्ता प्रतीकद्वारा जारी विज्ञप्तिमा सरकारसँग विशेष माग गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार


  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड


सूचना विभाग दर्ता नं: ८६६/०७५/७६
कम्पनी दर्ता नं. : १६७४८२/०७३/०७४