कोरोना संक्रमण बढेपछि अमेरिकामा कर्फ्यु

न्युयोर्क । कोरोना संक्रमण उच्च गतिमा बढ्दै गएपछि अमेरिकामा कर्फ्यु आदेश जारी गरिएको छ । शुक्रबार राति १० बजेबाट लागु हुनेगरि न्युयोर्कमा रेष्टुरेण्ट, बार र जिम लगायतका स्थानमा कर्फ्यु लगाइएको हो।

हाउस पार्टी लगायतका लागि १० जनाभन्दा बढी भेला हुन नपाइने र १० बजेपछि बार, रेष्टुरेण्ट खोल्न नपाउने नियम स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्ने गभर्नर एन्ड्रयु कुमोले बताउनुभयो ।

जमघट हुन नपाउने नियम निजी घरहरुभित्र समेत लागू हुनेछ, मदिरा बिक्रीको लाइसेन्स पाएका बार र रेष्टुरेण्टहरु १० बजेपछि खोल्न नपाइने भए पनि रेष्टुरेण्टहरुले १० बजेपछि पनि टेकआउट सुविधा भने दिन सक्नेछन् । तर टेकआउट केबल खानाका लागिमात्र हुनुपर्ने बताइएको छ । एजेन्सी