५ हजार थान पटका र हजार लिटर लोकल रक्सी नष्ट

नवलपुरः जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)ले ठुुलो परिमाणमा अवैध घरेलु मदिरा र पटका नष्ट गरेको छ ।

विभिन्न मिति समय र स्थानमा बरामद भएको घरेलु मदिरा र पटकालाई अस्थाई प्रहरी पोष्ट डण्डा को प्रारङ्गणमा खाडल खनी बुधबार नष्ट गरिएको प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए ।
उनका अनुसार प्रहरीले १ हजार १५ लिटर अवैध घेरलु मदिरा र ५ हजार १७० थान पटका नष्ट गरेको हो ।