कावासोतीमा कोरोना संक्रमितको संख्या ५ सय ३६ पुग्यो

नवलपुरः बिहिबार ४४ जना संक्रमित थपिए सँगै पुर्वी नवलपरासीको कावासोती नगरपालिकामा कोरोना संक्रमितको संख्या ५३६ पुगेको छ ।

कात्तिक २३ गते कावासोती नगरपालिकामा स्वाब संकलन गरिएका ११३ जना मध्ये ४४ जना कावासोतीका र १ जना मध्यविन्दुका गरी ४५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।

स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिला अनुसार थपिएका सबै संक्रमितको अवस्था समान्य रहेकोले उनीहरु सबै होम आइसोलशनमा रहेका छन् । कावासोतीमा पहिचान भएका ५ सय ३६ जना संक्रमितहरु मध्ये ३३५ जना संक्रमण मुक्त भएका छन् ।