गाँजासहित एकजना पक्राउ

काठमाडौं : सशस्त्र प्रहरीले महात्तरीबाट लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

महोत्तरीको एकडाँडा गाउँपालिका–३ स्थित भटौलियामा ना.३ च ९६२४ नम्बरको जिप चेकजाँच गर्ने क्रममा ११० केजी गाँजासहित मकवानपुरको भिमफेदी गाउँपालिका–२ का ३० वर्षीय अम्मरकुमार थिङ बुधबार राति पक्राउ परेका हुन् । सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) सुरेश सापकोटाका अनुसार गाँजा बोक्न प्रयोग भएको जिपबाट ३० बोरा चोकर, २ थान मोबाइल, ८ हजार १५० रुपैयाँ नगद समेत बरामद भएको छ ।

एसपी सापकोटाका अनुसार पक्राउ परेका थिङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय जलेश्वरमा बुझाइएको छ ।