हेटौंडाका कोरोना संक्रमितको सिएमसीमा मुत्यु

चितवन : मकवानपुरको हेटौंडाका कोरोना संक्रमित एक पुरुषको चितवन मेडिकल कलेज (सिएमसी) मा मृत्यु भएको छ । कलेजमा उपचाररत् हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १५ स्थायी ठेगाना भएका बर्ष ४९ का पुरुषको मृत्यु भएको हो ।

कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालका अनुसार बिहिवार राति ११ः१० बजेको समयमा ती पुरुषको मृत्यु भएको हो । गत २४ कार्तिकमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई थप उपचारका लागि सिएसीमा ल्याइएको थियो । श्वासप्रश्वासको समेत रोगी रहेका उनको कोभिड आइसीयूमा राखेर उपचार भईरहेको थियो ।