सौराहाचोकमा ५ करोडको लागानीमा साहारा सुपरमार्केट सञ्चालनमा (भिडियो)

चितवन : पूर्वी चितवनको रत्ननगर १ सौराहाचोकमा सुविधा सम्पन्न साहारा सुपरमार्केट सञ्चालन गरिएको छ । झण्डै ५ करोड रुपैयाँ लगानी गरि निर्माण सुपरमार्केट आजदेखि शुभारम्भ गरिएको हो ।       एक भव्य औपचारिक समारोहका विच रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिश्मा मानन्धरले संयुक्त रुपमा रिवन काटेर सुपरमार्केट सञ्चालनमा आएको घोषणा गरेका थिए । निकै अर्काषण ढंगबाट निर्माण गरिएको मार्केटमा विभिन्न ठाँउमा फोटासुटका लागि आर्कषण थ्रिडी तस्वीरले जोकोहीलाई पनि लोभाउछ ।
विगत लामो समयदेखि विभिन्न व्यवसायमा अनुभव संगालेका युवा व्यवसायी बरुणबाबुु घिमिरे र मन बहादुर थापाको संयुक्त लगानीमा साहारा सुपरमार्केट सञ्चालन गरिएको हो । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालनमा ल्याएको सञ्चालक बरुणबाबु घिमिरेले जानकारी दिए । घिमिरेले पूर्वी चितवनमा व्यवसाय सञ्चालन गर्न चाहानेहरुका लागि ठाँउको अभाव भएको देखेपछि र ग्राहकवर्गहरु विभिन्न सामान किन्नका लागि धेरै ठाउँ हिडिरहने बाध्यता देखेर आफुहरुले सुपर मार्केटको परिकल्पना गरि निर्माण गरेको बताए । उनले हाल सुपर मार्केट भित्र ५० वटा भन्दा वढि सटरहरु निर्माण गरिएको बताए ।

टिमार्टमा खाद्यान्न, घरेलु प्रयोजनका सम्पूर्ण सामान, घरायसी लत्ताकपडा, फेन्सी, ईलेक्ट्रोनिक्स, मोबाईल, कस्मेटिक, बेकरी, बेवी कलेक्सन
कम्प्युटर पसल, सौन्दर्य सामग्री, शैक्षिक साम्रगी सहित विभिन्न पसलहरु रहेको अर्का सञ्चालक मन बहादुर थापाले बताए ।

कार्यक्रममा नगर प्रमुख वनले रत्ननगरमा कोरोना महामारीको बेलामा पनि साहारा सुपर मार्केट सुरु हुनु आफैमा खुसीको कुरा भएको बताउदै यसले रत्ननगरकै व्यवसाय प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्दै स्वदेशमै बसेर केहि गर्छु भन्नेका लागि एउटा अवसर पनि भएको बताए । उनले रत्ननगरमै व्यवसाय गर्न चाहाने व्यवसायीलाई १ लाख देखि १५ लाख सम्मको ऋण शुन्य व्याजदरमा प्रदान गर्न लागेको जानकारी पनि दिए ।

यस्तै नायिका करिश्मा मानन्धरले स्वदेशमानै केहि गर्ने सोच राखेर साहारा सुपरमार्केट शुभारम्भ गरिएकोमा खुसी व्यक्त गर्दै व्यवसायको सफलताको शुभकामना दिईन् । उनले अब हरेक क्षेत्रमा सुपर मार्केट सञ्चालन हुन सके एकै ठाउमा सबैखाले सामान खोजी खोजी प्राप्त गर्न सकिने भएकाले समय र पैसा दुवैको बचत हुने बताइन् ।

सुपरमार्केटकी सञ्चालिका विरञ्जना घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको औपचारिक कार्यक्रममा लोक तथा दोहोरी गायक मिलन लामा, उद्योग वाणिज्य संघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा, रत्ननगर वडा नं. १ का कार्यवाहाक अध्यक्ष बाबुराम गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।