राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण भएको छ । केसीलाई आज कोरोना पुष्टि भएको परिवारले जनाएको छ ।

लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उनलाई ललितपुरस्थित नेपाल मेडिसिटीमा भर्ना गरेर उपचार थालिएको उनकी छोरी रितु केसीले जानकारी दिइन् ।

एक महिनासम्म रुपन्देहीमा रहेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि रुपन्देहीमै कोरोना परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनी काठमाडौं आएका थिए ।

तर, स्वास्थ्यमा सुधार नभएपछि उनको फेरि एक पटक पिसिआर परीक्षण गरिएको थियो । अस्पतालका अनुसार केसीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।