ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीनजनाको ज्यान गयो

दाङ :  ट्रकको ठक्करबाट तीनजनाको ज्यान गएको छ।गएराति दाङको राप्ती गाउँपालिका वडा नं।४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गएराति ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको इप्रका भालुबाङले जनाएको छ ।
तीन जना सवार मोटरसाइकललाई विवपरित दिशाबाट आएको ट्रकले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो