हेल्पकोड नेपालद्वारा देबिभञ्ज्याङ विद्यालयका बालबालिकाका लागि भान्सा घर निर्माण

चितवन :  हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना ६ स्थित देबिभन्ज्याङ राष्ट्रिय आधारभुत विद्यालय कालिखोलामा भान्सा कोठा निर्माण गरि हस्तान्तरण गरेका छन् । मंगलबार एक कार्यक्रमकाबिच विद्यार्थीहरुका लागि खाजा पकाउन प्रयोग गर्न भान्सा कोठा निर्माण गरि हस्तान्तरण गरिएको हो । हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष बल बहादुर प्रजा र प्रधानाध्यापक ज्ञानुदेबी पाण्डेलाई हस्तान्तरण गर्नु भयो।


कार्यक्रमका प्रमुख अतिथी इच्छाकामना गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष भुपेन्द्र चेपाङले हेल्पकोड नेपालले बिगत ६÷७ बर्ष देखि बिद्यालयमा विभिन्न तरिकाबाट सहयोग गरेकोमा धन्यवाद दिनुभयो। हेल्पकोड नेपालको विभिन्न सहयोगले विद्यार्थीहरुलाई विद्यालय आउन पे्ररित गरेको उहाँको भनाइछ ।
बिद्यालयका प्रअ ज्ञानु देबि पाण्डेले अब बिद्यालयले शैक्षिक गुणस्तर सुधारलाई जोड दिन प्रतिबद्ध हुने कुरामा जोड दिनुभयो। उहाँले आगामी दिनहरुमा पनि सहयोग अपेक्षा गर्नुभयो ।


कार्यक्रममा हेल्पकोड नेपाल मार्फत बिद्यार्थीहरुलाई मास्क सेनिटाइजर साबुन लगायत सरसफाइका सामाग्री समेत वितरण गरेका थिए । कार्यक्रम सञ्चालन हेल्पकोड नेपाल मुग्लिङका कार्यक्रम संयोजक शिला देबकोटाले गर्नु भएको थियो।
कक्षा ५ सम्म पढाइने हुने यस विद्यालयमा १३४ जना बालबालिकाहरु अध्ययनरत छन् । जसमध्ये १३३ जना चेपाङ बालबालिका छन् ।