उदयपुरका कोरोना संक्रमितको धरानमा मृत्यु

धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मंगलबार मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ४२ वर्षीय पुरूषको मंगलबार दिउँसो १२ः३० बजे मृत्यु भएको हो । प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक १४ गते भर्ना भएका उनीमा १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।