बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ४ बजे नम्बर नखुलेको बसले ठक्कर दिँदा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय नवीन लोहारको मृत्यु भएको हो । उनी तरकारी बेच्न हिँडिरहेका बेला पहेंलो रंगको बसले ठक्कर दिएको थियो । घाइते लोहारलाई उपचार गर्न ओम समाज अस्पताल सतुंगलमा पुर्याएलगत्तै पौने ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनलाई ठक्कर दिने बसको नम्बर खुलेको छैन । एउटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।