एसपी अरुण पौडेलको सफलता : एकैचोटी समातिए ३० फरार अभियुक्त

तनहुँ :  प्रहरीले विभिन्न अपराध तथा मुद्दामा फरार ३० व्यक्तिलाई एकै साथ पक्राउ परेको छ । केही समययता त्यस्ता व्यक्ति पक्राउमा जोड दिंदै आइरहेको तनहुँ प्रहरीले सजाय नभोगी फरार त्यस्ता व्यक्तिहरुलाई पक्रने क्रममा तीव्रता दिंदै आएको छ ।

पक्राउ पर्नेमा बैंकिङ कसुरीका एक, कर्तव्य ज्यानका सात, चोरीका तीनलगायत छन् । पक्राउ उनीहरुबाट कैद १ महिना १८ दिन र जरिवाना तीन लाख ३७ हजार नौ सय पचार असुल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख (प्रहरी उपरिक्षक) एसपी अरुण पौडेलले जानकारी दिनुभयो ।
एसपी पौडेलको तनुहँ आवागमनसंगै जिल्ला प्रहरी कार्यालय तनहुँ गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी कार्यालयमा छनौट भएको थियो ।  असार ८ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको कमाण्ड सम्हालेका( प्रहरी उपरीक्षक) एसपी अरूण पौडेलले ३ महिनामै उत्कृष्ट नेतृत्व गर्दै गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी कार्यालयमा छनौटमा पार्न सफल हुनुभएको थियो ।
फरार अभियुक्त पक्राउ, व्यवसाय रूपमा लगाइएको गाँजा खेती नष्ट, नदिजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन कार्यवाही, गुन्डागर्दी र जुवाताख नियन्त्रण लगाएतका आपराधिक गतिविधि नियन्त्रणमा पौडेलले अप्रेसन चलाएका छन्। प्रहरी संगठन भित्र अनुसन्धानमा निकै अब्बल मानिने पौडेल तनहुँबासी माझ छोटो समयमा मन जित्न सफल भएका छन्।