कानुन समिति सभापति पोखरेलले गरे खैरहनीको विकास निर्माणको अनुगमन

चितवन : प्रतिनिधि सभाको कानुन ,न्याय तथा मानवअधिकार समिती सभापति कृष्णभक्त पोखरेलले चितवन खैरहनी नगरपालिकामा भएका बिकास निर्माणको सोमबार अनुगमन गरेका छन् । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका समिती सभापति पोखरेलले स्थानीय तह,प्रदेश सरकार र संघीय सरकारबिच सहकार्य गरेर भएका बिकास निर्माणको अनुगमन गरेका हुन् । खैरहनी ६ मा निर्माण गरिएको तरकारी तथा फलफुल बिक्रि तथा संकलन केन्द्र , खैरहनी ९ मा निर्माणाधिन शीत भण्डार,वडा कार्यालय ,स्वास्थ्य केन्द्र ,खैरहनी १० शान्तिबजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा नगरपालिका संगको साझेदारीमा बन्दै गरेको दुग्धजन्य पदार्थ उद्योग र कठारमा मुसहरका लागि निर्माण गरिएको आवासको अनुगमन गरेका थिए । उखैरहनिका मेयर लालमणी चौधरीले बिकास निर्माणका बारे समिती सभापति पोखरेललाई जानकारी गराएका थिए । मुसहर बस्तिमा त्यहाँका स्थानीयसंग पोखरेलले उनिहरुको समस्या प्रती जिज्ञासा राखे । नेकपा जिल्ला कार्यालय सदस्य कृष्णप्रसाद न्यौपाने सहित अनुगमन गरेका कानुन ,न्याय तथा मानवअधिकार समिती सभापति पोखरेलले खैरहनिको बिकास निर्माण प्रती सन्तुष्टि व्यक्त गरे । खैरहनिमा कुनै बिवाद बिना काम भएको सुनेको थिए समिती सभापति पोखरेलले भने- आफै फिल्डमा पुगेर हेर्दा यहाँको बिकास निर्माणले लोभ्यायो । आफू अर्को क्षेत्रको सांसद भए पनि जिल्लाको बिकासमा सहयोग गर्ने प्रतिवद्वता जनाए । अनुगमन अघि मेयर चौधरीको कार्यकक्षमा भएको छ्लफलमा उपमेयर सुनिता थपलिया ,प्रमुख प्रशाशकिय अधिकृत पुरुषोत्तम शर्माको उपस्थिति रहेको थियो ।