एसाइन्स क्लब कठार गठन ,अध्यक्षमा मैनाली चयन

चितवन :  एलाइन्स क्लब अफ चितवन कठार गठन गरिएको छ । नवगठित क्लबको अध्यक्षमा खैरहनी १० शानिबजारका सुन्दर मैनाली चयन भएका छन् । कठारमा भएको युवाहरुको भेलाले मैनालिको अध्यक्षतामा ३० सदस्यीय कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा मनोज चौधरी ,सचीवमा दिनेश पुडासैनी,कोषाध्यक्षमा तिर्थ बहादुर गुरुङ ,सहसचिवमा सुरज खरेल ,सहकोषाध्यक्षमा सीता केशी र पिआरओमा ध्रुवराज खनाललाइ चयन गरिएको छ । क्लबको बोर्ड सदस्यमा बिक्रम चौधरी ,राजु चौधरी र गोपाल भण्डारी चयन हुंदा बांकी २० जना सदस्यमा चयन भएका छन् । नवगठित क्लबका अध्यक्ष मैनालिले सामाजिक उत्तरदायित्वलाइ जिम्मेवार पुर्बक रुपमा पूरा गर्ने बताए ।