अनूदित लघुकथा : नाटक

पवित्रा अग्रवाल,

‘बुहारी, भोलिका लागि चना भिजायौ ? पूजाको अरु तयारी पनि गर्नु छ  । कुन कुन कन्यालाई बोलाउने हो ? तिनलाई पनि खबर गर्नु छ ।’

सबै कुुरा बुझेर पनि नबुझेझैं गरेर बुहारीले सोधी, ‘भोलि केको पूजा हो र आमा ?’

‘हरे, भुल्यौ, भोलि कन्या पूजन गर्ने भनेको ।’

‘हुन्न आमा, यो कन्या पूजा अब म कहिले पनि गर्दिन ।’

‘किन ?’

‘तपाईंले बिर्सनु भयो होला । मैले बिर्सेकी छैन, दुई–दुईवटी बच्चीलाई आफ्नै कोखमा मारेको । आफ्ना छोरीलाई मारेर अरुका छोरीलाई बोलाएर म कन्या पूजन गर्न सक्तिन । क्षमा गर्नुहोला, मबाट अब यो नाटक हुँदैन ।’