पृथ्वीको सौर्य मण्डलमा रहेको एउटा यस्तो ग्रह जहाँ हिराको बर्षा हुने गर्छ

एजेन्सी । पृथ्वीको सौर्य मण्डलमा जति ग्रहहरु छन, त्यति नै रहस्यहरु पनि छन । अर्थात सबै ग्रहहरुमा कुनै न कुनै रहस्य लुकेर बसेका छन । यसमध्ये सौर्य मण्डलमा ४ वटा ग्रहहरु छन, जसलाई ग्याँस दानव पनि भनिन्छ । किनकी त्यहाँ ढुंगा र माटोका अलावा अत्यधिक मात्रामा ग्याँस रहेको छ ।

बरुण अर्थात नेप्च्युन यीनै ४ ग्रहहरु मध्येको एक हो । अन्य ३ ग्रहहरुमा बृहस्पती, शनि र अरुण हो । बरुण ग्रह पृथ्वीभन्दा धेरै टाढा छ । यसको तापक्रम शुन्यदेखि माइनस २०० डिग्री सेल्सियससम्म रहेको छ ।

यो तापक्रममा मानिस यसरी जम्छ कि, ढुंगा जस्तै कडा भइ फुट्न सक्छ । बरुण पृथ्वीको सौर्यमण्डलको त्यस्तो पहिलो ग्रह हो, जसको अस्तित्वको भविष्यवाणी, यसलाई नदेखिकनै गणितको अध्ययनका आधारमा गरिएको थियो ।

पछि यहि आधारमा यसको खोज पनि गरिएको थियो । अरुण ग्रहको परिक्रममाको क्रममा केही गडबडी अर्थात अस्वभाविक स्थिति उत्पन्न हुँदा बरुण ग्रह फेला परेको थियो । अर्थात अरुण ग्रहको परिक्रमाको गतिलाई कुनै अज्ञात ग्रहको गुरुत्वआकर्षण शक्तिले अवरोध पुर्याएको थियो ।

त्यही घटनाको अनुशन्धान गर्दै जाँदा खगोलविद्हरुले बरुण ग्रहलाई फेला पारेका हुन । बरुण ग्रहलाई पहिलो पटक सन १८४६ को सेप्टेम्बर २३ का दिन देखिएको थियो । बरुण ग्रहमा जमेको मिथेन ग्याँसका बादलहरु उड्छन ।

यहाँ हावाको गति सौर्यमण्डलका अन्य ग्रहहरुको तुलनामा अत्यन्तै धेरै रहेको छ । बरुण ग्रहमा मिथेन ग्याँसका बादलहरु उड्ने गति सुपरसोनिक हवाई जहाजको गति जत्तिकै छ । यहाँ उड्ने सुपरसोनिक मिथेन ग्याँसलाई रोक्ने कुनै चिज बस्तु छैन ।

त्यसैले त्यहाँ उडिरहेका मिथेन ग्याँसको गति २ हजार ४१५ किलोमिटर प्रति घण्टासम्म पनि पुग्छ । बरुण ग्रहको बायुमण्डलमा कार्बन ठोस अवस्थामा रहेका कारण हिराको बर्षा हुन्छ ।

यदी कुनै बेला मानिस यो ग्रह पुग्न सफल भयो भने पनि त्यहाँबाट हिरा टिपेर ल्याउन सक्दैन । किनकी त्यहाँको तापक्रमले कुनै पनि सजिव प्राणी छिनभरमै जम्ने र चट्टान जस्तै कडा बन्ने साईन्स अलर्टले जनाएको छ ।