बार चितवनको नेतृत्वमा रामकृष्ण, उपाध्यक्ष,एक महिला सदस्य र एक पार्षद वाहेक पिएलएको प्यानल नै निर्वाचित

चितवन :  नेपाल बार एशोसिएसन चितवन शाखाको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ । बारको नेतृत्वमा उपाध्यक्ष, एक महिला सदस्य र एक पार्षदमा बाहेक सवै पदमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिएलए)ले बाजी मारेको छ । कोरोना महामारीका वीच आज सम्पन्न चुनावमा कुल १९८ सदस्य भएपनि १९० मत खसेको थियो । १९० मत गणना सकिदा उपाध्यक्ष पदमा बृहत लोकतान्त्रिक कानुन व्यवसायी समुह (डिएलए) का मुन्ना विक्रम खाती निर्वाचित हुनुभएको छ ।पिएलएका रामचन्द्र देवकोटा भने पराजित हुनुभएको छ । तीन बाहेक अन्य पदमा  पिएलएकै निर्वाचित भएका हुन । जसको सचिवमा विनोद मिश्र, कोषाध्यक्षमा बद्रीनाथ पण्डित , सहसचिवमा शोभा भट्टराई ,सदस्यहरुमा कुलचन्द्र खनाल, जनकराम पौडेल, रामनाथ घिमिरे, कृष्णप्रसाद पन्त, अजयकुमार तामाङ, विकास गुरुङ, सपि मिया र डिएलए कि तृष्णा न्यौपाने निर्वाचित हुनुभएको छ । सदस्यमा पिएलएका उम्मेदवार  कल्पना लोहनी पराजित भएकी हुन ।
केन्द्रीय पार्षदमा टेकनाथ अधिकारी, डिएलएकि गोमा न्यौपाने भण्डारी ,शिवराम महतो, नुनराज सिलवाल, पासाङ लामा, वामदेव अधिकारी, जीवनज्योति विश्वकर्मा र नारायण गिरी निर्वाचित हुनुभयो । तर पिएलएका तुलसीराम पाण्डे भने पराजित भएका छन । मत सहितको विवरण :