नवलपुरका कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु

चितवन । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपुर जिल्ला,गैंडाकोट नगरपालिका–१२ बस्ने ८२ वर्षीय पुरुषको आज दिउसो २ बजे मृत्यु भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभो । कार्तिक ३ गते पेटको आन्द्रामा समस्या भई, अस्पतालमा भर्ना हुनुभएको उहाँमा श्वासप्रश्वासको समस्या भएपछि कोभिड(१९ परिक्षण गर्दा कार्तिक १८ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि सोही दिन कोभिड आइसीयुमा राखी उपचार हुँदै गर्दा आज मृत्यु भएको हो ।