हेटौँडा प्रहरीद्वारा ७५३ वटा लागुऔषध सहित दुई पक्राउ

हेटौँडा : ईलाका प्रहरी कार्यालय पशुपतिनगरले लागु औषध सहित हेटौँडा -१५ बाट दुईजनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटि गएको प्रहरी टोलीले बिहीबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ रोतोमाटेमा जनकपुरबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ७२२६ नम्बरको यात्रुबाहक बसलाई रोकि चेकजाँच गर्दा रौतहट चन्द्रपुरका एक पुरुषलाई ७५३ वटा लागु औषध नाइट्रोभेट सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा चन्द्रपुर-२ का २१ वर्षीय दुधराज पाख्रिन रहेको जनाइएको छ।

त्यसैगरी आज बिहान बाराको कलैयाबाट काठमाडौं जाँदै गरेको ना १ ज ५६५७ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्दा २८ बर्षीय बाराका सतिस कुमार चौधरीलाई १५३ पिस नाइट्रोभेट सहित पक्राउ गरेको हो।उनिहरू दुबैजना माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।