तोलामै एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज न्पाली बजारमा छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हाजर २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।