बायोटेकद्वारा निर्मित कोरोनाविरुद्धको खोप फेब्रुअरी सम्ममा बजारमा आउने

एजेन्सी । भारतको बायोटेक कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप फेब्रुअरीसम्म बजारमा आउने भएको छ ।

कोरोना भाइरसविरुद्धको खोप (को–भ्याक्सिन) फेब्रुअरीसम्म बजारमा आउन लागेको हो ।
न्युज एजेन्सी रोयटर्सका अनुसार भारत सरकारसम्बद्ध वैज्ञानिकहरुले यस्तो जानकारी दिएका हुन्।

यसअघि बायोटेक कम्पनीले सन २०२१ को अप्रिल वा जुनसम्म कोरोनाविरुद्धको खोप तयार हुने बताएको थियो।

समाचार अनुसार को–भ्याक्सिनको तेस्रो चरणको परीक्षण यहि महिनाबाट सुरु हुँदैछ । यसका लागि ड्रग्स कन्ट्रोलर जनरल अफ ईण्डियाबाट अनुमति प्राप्त भैसकेको छ ।

को–भ्याक्सिनको तेस्रो तथा अन्तिम चरणको परीक्षण १० देखि १२ वटा राज्यका २५ स्थानमा गरिने बायोटेकका एक्ज्युकेटिभ डाइरेक्टर साइ प्रसादले बताएका छन ।