घाइतेको उपचारका क्रममा मृत्यु, व्यक्ति पहिचान गरिदिन गैंडाकोटप्रहरीको अपील

गैंडाकोट :  तस्बिरमा देखिएका व्यक्तिलाई गत कार्तिक १६ गते दिउँसो करिव १ बजेतिर मोटरसाइकलले ठक्कर दियो । इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ५५२६ नम्वरको मोटरसाइकलले पूर्वपश्चिम राजमार्ग अन्तरगत स्मृतिपुल नजिक ठक्कर दियो । ठक्कर दिएपछि घाइते भएका उक्त व्यक्तिको चितवन मेडिकल कलेजमा उपचारक्रममा आज मृत्यु भएको छ । दुर्घटना भएको दिनदेखि मृत्यु हुँदाको दिनसम्म पनि इलाका प्रहरी कार्यालय गैंडाकोटले आफन्त खोजतलास गर्दा समेत कोही पनि सम्पर्कमा नआएको भन्दै फोटो सार्वजनिक गरेको छ । इलाका प्रमुख प्रहरी निरीक्षक थापका अनुसार फोटो हेरि पहिचान गर्नुहुनेले इलाका प्रहरी कार्यालय गैंडाकोटमा सम्पर्क गरिदिन अनुरोध गर्नुभएको छ ।
उक्त व्यक्तिलाई ठक्कर दिने मोटरसाइकल र चालक गोरखा जिल्ला गोरखा नगरपालिका ८ का भुषाल गाउँका २० वर्षीय मनिष मगर प्रहरीको नियन्त्रणमा रहेका छन् ।