भारतीय सेनाध्यक्ष गएपछि मात्रै पुण्य गौतम रिहा हुने

काठमाडौं : शान्ति भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका पुण्य गौतमलाई नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष स्वदेश फर्किएपछि मात्रै प्रशासनमा पेस गरिने भएको छ ।

उनलाई मंगलबार राति नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रशासन कार्यालयबाट उनीविरुद्ध पाँच दिनको म्याद लिइएको छ ।

गौतम विभिन्‍न यु-ट्युब च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एक प्रहरी उच्च अधिकारीका अनुसार भारतीय सेनाध्यक्ष स्वदेश फर्किएपछि गौतमको मुद्दा प्रशासनमा पेस गरिनेछ । सम्भवतः उनी पेस गरिएकै दिन थुनामुक्त हुनेछन् ।