गर्भावस्थामा भुलेर पनि नखानुस् यी खाने कुरा

गर्भावस्थामा महिलाहरूले आफ्नो विशेष ख्याल गर्नुपर्छ। गर्भावस्थामा आमाका साथै गर्भमा रहेको शिशुलाई पनि पोषणको खाचो हुन्छ। तर, पोषिला खानेकुरा खनुपर्छ भन्दै गर्दा केही खाने कुराले भने गर्भावस्थामा स्वास्थ्यमा हानी पुर्याउँछन्। त्यसैले गर्भावस्थामा व्यालेन्स डाइट लिनु जरुरी हुन्छ।

मेवा

काचो मेवा स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ। त्यसै पनि मेवा पोषक तत्वले भरिपूर्ण फल हो। तर, गर्भावस्थामा काचो मेवाको सेवन गर्नु राम्रो मानिँदैन। काचो मेवा खाँदा समय अगावै बच्चा जन्मिने खतरा हुन्छ। त्यसैले मेवाको सेवन गर्दा डाक्टरको सल्लाह अनिवार्य मानिन्छ।

काचो अन्डा

काचो अन्डा पनि स्वास्थ्यका लागि एकदमै दाभदायक हुन्छ। यो पनि पोषक तत्वले भरपूर हुन्छ। त्यसैले मानिस आफ्नो डाइटमा अन्डा सामिल गरिरहेका हुन्छन्। तर, गर्भावस्थामा काचो काचो अन्डा खानु हुँदैन। काचो अन्डा खाँदा पेटमा समस्या पैदा हुन सक्छ। यसले अपच हुने, बान्ता हुने जस्ता समस्या पैदा गर्न सक्छ। गर्भावस्थामा पाकेको अन्डाको सेवन गर्न सकिन्छ। त्यो पनि डाक्टरको सल्लाह अनुसार मात्रै।

भूँइकटहर

गर्भावस्थामा फलफूललाई आफ्नो डाइटमा सामिल गर्ने सल्लाह दिइन्छ। तर, केही यस्ता फल हुन्छन् जसले जो गर्भावस्थामा खान मिल्दैनन्। पोषक तत्व र भिटामिन सीले भरपूर भूँइकटहरलाई निकै हेल्दी मानिन्छ। तर, यो फललाई गर्भावस्थामा भने खान मिल्दैन। यसले पनि समय अगावै प्रसव गराउने जोखिम बढाउँछ।