काेराेनाकाे उपचारमा सरकारले हात उठाएपछी रतुवामाईमा एक संक्रमित महिलाले आत्महत्या गरिन्

 

दिलीप अग्रवाल, मोरङ । अस्पतालले उपचार गर्न अस्वीकार गर्दा मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी ४५ बर्षिय नरमायाँ मगर ले आत्मा हत्या गर्ने बाध्य भईन ।
४ बर्ष अगाडि देखि मृगौला काे राेग पालेर बस्न बाध्य रहेकि नरमायाँ लाई काेराेना पाेजेटिभ दखिए पछि आर्थिक अभाव का कारण अस्पतालमा उपचार नहुदा नरमायाँ लाई परिवार ले घर ल्याउन बाध्य भएका थिए । श्रीमती को स्वास्थ्यमा अचानक समस्या आएपछि उनका श्रीमान टेक बहादुर मगर ले कात्तिक ८ शनिबार विराटनगर स्थित नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। उनलेे श्रीमती नरमायाँ लाई असार महिनामा नियमित डायलासिस गराउँदै आईरहेकि आएका थिए । अस्पताल भर्ना गरेर पीसीआर परीक्षण गराउँदा ९ गते आईतबार रिपोर्ट पोजिटिभ आएपछि नरमायाँ लाई आइसोलेसनमा राखेर उपचार गराउन अस्पताल ले प्रत्येक दिन उपचार खर्च बापत दैनिक १८ हजार लाग्ने र अग्रिम भुक्तानी गर्नुपर्ने अस्पतालले बताए पछि रकम नभए र टेक बहादुर ले नरमायाँ लाई ९ गते घर फर्काएर ल्याएको उनलेे बताए र स्थानीयले नरमायाँलाई घर छेउमा गुवालि घरमा राख्न का लागि तयारी परेका रहेछन र श्रीमती लाई त्यही गुवालि घरमा राखिएको टेक बहादुर ले बताए । कार्तिक १० गते बिहानै श्रीमतीलाई झुन्डिएको अवस्थामा देख्नु परकाे मृतकका श्रीमानले बताए । अस्पतालले उपचार गर्न अस्वीकार गर्दा कोरोना भाइरस संक्रमित महिलाले आत्महत्या गर्न बाध्य भएकि श्रिमान ले बताए ।
उपचार गराउन पाइन्छ कि भनेर कोसिस गरिए पनि त्यो भने सम्भव नभएकाे र श्रिमान ले बताए । उनले भने संक्रमितको उपचार गर्न सकिँदैन भनेर सरकारले नै हात उठाइसकेका कारण हामी जस्ता गरिबले त्यत्तिकै मर्नुपर्ने अवस्था आएकाे समेत उनलेे बताए । उनले भने दसैंको टीकाको दिन बिहानभर गफगाफ गरेर बसेकी श्रीमतीले दिउँसो आत्महत्या गरेकी बताए।