भरतपुर अस्पतालमा थप एक संक्रमितको निधन

चितवन। भरतपुरको सरकारी अस्पतालमा उपचार गराइरहेका हेटौंडाका एक संक्रमितको बुधबार राति मृत्यु भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय पुरुषको राति एक बजे मृत्यु भएको हो । उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका कारण गत मंगलबार अस्पताल भर्ना भएका थिए ।

ती व्यक्तिलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अस्पतालले कोभिड आईसीयूमा राखेर उपचार गर्दै आएको थियो ।