हेली चाटरमा तिलिचो पुगे पर्यटन मन्त्री योगेश भट्टराई

मनाङ । पर्यटन तथा उड्यान मन्त्री योगेश भट्टराईले विश्वकै अग्लो स्थानमा रहेक़ो तिलीचो ताल पुगेका छन् । शनिबार मनाङ आएका पर्यटन मन्त्री भट्टराईले तिलिचो लगाएत मनाङका पर्यटकीय गन्तव्यहरुको स्थलगत भ्रमण गरेका हुन् । मन्त्री भट्टराई काठमान्डौबाट हेली चाटर गरी मनाङ आएका हुन् । उनले मनाङ ज़िल्लामा अवस्थित तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा रहेको बताए ।
स्थलगत अबलोकनका क्रममा थप पर्यटन प्रवर्द्धनका पुर्बाधार विस्तार गर्न तत्काल केहि कदम चालिने बताए । त्यस्तै उनले एग्रो मनाङ प्रलिको पनि भ्रमण गरेका थिए । ७ सय ३५ क्षेत्रफलमा यस स्याउ फर्मले बार्षिक करिब ५ लाख किलो स्याऊ बिक्री गर्ने गरेको छ। करिब २० लाख किलो उत्पादन र बिक्री गर्न सक्ने क्षमताको हिमालय स्याऊ फार्म र उद्योग अवलोकन अनुकरणीय लागेको बताए ।
अन्नपूर्ण र मनास्लु हिम शृंखलाको काखमा रहेको मनाङ जिल्ला भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।