चितवनका अधिवक्ता सुदिप वस्तीको कोरोना संक्रमणबाट निधन

चितवन :  अधिवक्ता सुदिप वस्तीको कोरोनाबाट निधन भएको छ । प्रोष्टेड क्यान्सर तथा नसा रोगबाट पीडित अधिवक्ता वस्तीको ५९ बर्षको उमेरमा आज बिहान निधन भएको हो । भरतपुर १०, दुरसंचार रोड निवासी अधिवक्ता वस्ती काठमाडौंमा प्रोष्टेड क्यान्सर तथा नसा रोगको उपचार गरि रहनु भएको थियो । उपचारको क्रममा उहाँलाई १ हप्ता अगाडि कोरोना पोजेटिभ देखिएको र उहाँको उपचारकै क्रममा मृत्यु भएको उहाँका भाइ अधिवक्ता गजेन्द्र वस्तीले जानकारी दिनु भयो । नेपाल बार असोसियसन चितवनका सदस्य समेत रहनु भएका वस्ती विभिन्न सामाजिक सस्था हरुमा समेत आबद्ध हुनुहुन्थ्यो । उहाँको श्रीमती, १ छोरा र १ छोरी रहनु भएको छ ।