जनताको बहुदलीय जनवादले नै कम्युनिष्ट आन्दोलन अघि बढाउने हो : जेएन थपलिया

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियाले जनताको बहुदलिय जनवादको आधारमा नै देशमा कम्युनिष्ट पार्टी अघि बढने र सुखी नेपाली र समृद्ध नेपालको आधारको केन्द्रबिन्दु नै जबज रहेको बताउनु भएको छ । आज भएको मदन भण्डारी फाउन्डेसन चितवन क्षेत्र नं.१ को क्षेत्रीय कमिटीको भेलालाई सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो ।

उक्त भेला बाट गोबिन्द प्रसाद कंडेलको अध्यक्षतामा ३३ कार्य समिती चयन भएको छ भने सल्लाहकार समितिमा संयोजकमा यादव पाठक सहित ८ सदस्यीय सल्लाहकार समिति चयन भएको जानकारी मदन भण्डारी फाउन्डेसन राप्ती प्रचार बिभाग प्रमुख प्रकाश कालाखेतीले जानकारी दिनुभयो । मदन भण्डारी फाउन्डेसन चितवनको उपाध्यक्ष भिम पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रिय कमिटी सदस्य तथा अनेम संघ सह–संयोजक सीता पौडेल, नेकपा बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय दावा दोर्जे लामा, नेकपा चितवन जिल्ला कमिटी कार्यालय सदस्य तथा रास्ट्रिय सरोकार तथा समन्वय समिति सभापति माननीय पार्वती रावल, मदन भन्डारी फाउन्डेसन चितवनका अध्यक्ष त्रिचन्द्र भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तव्य मदन भण्डारी फाउन्डेसन राप्तीका अध्यक्ष हरि पौडेलले राख्नुभएको थियो ।