पत्रकार राधा बस्यालको निधन

नवलपुर  :  पूर्वी नवलपरासीकी पत्रकार राधा वस्यालको शुक्रवार निधन भएको छ । क्यान्सरबाट पीडित वस्यालको २८ बर्षको उमेरमा शुक्रबार साझ ५ वजे आफ्नै निवास कावासोति २ सिमलघारिमा निधन भएको हो ।

वि.स.२०४८ साल फागुन ९ गते जन्मनु भएकी सञ्चारकर्मी वस्याललाई विगत ३ बर्ष अघि २०७५ जेठ ७ गते स्तन क्यान्सर भई उपचार गराउदै आउनु भएको थियो ।

क्यान्सर लागेपछि उहाँले प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेशन सञ्चालन गरी गाउँ गाउँमा सचेतना अभियानसमेत चलाउनु भएको थियो ।

क्यान्सर रोगका वारेमा समुदायमा सचेतना अभियान समेत चलाउदै आउनु भएकी वस्यालले पछिल्लो समयमा आफ्नै पहलमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आउनु भएको थियो । बस्याल कावासोतीको मध्यविन्दु एफएममा काम गर्दै आउनु भएको थियो ।