क्रिस्टलसँग खेल्दै उल्भ्स

काठमाडौं : प्रिमियर लिग फुटबल अन्तर्गत आज (शुक्रबार) एक खेल हुँदैछ । आज हुने खेलमा उल्भ्सले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ । उल्भ्सको घरेलु मैदानमा हुने दुईटोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।

आजको खेलमा क्रिस्टल प्यालेस जित निकाल्दै अंक तालिकाको शीर्ष तीनमा उक्लने योजनामा रहेको छ । क्रिस्टलले आजको खेमला जित निकाल्न सकेमा उसको चौथो जित हुनेछ । क्रिस्टलले ६ खेलम १० अंक जोडेको छ ।

क्रिस्टल तालिकाको आठौं स्थानमा रहेको छ । यता उल्भ्स पनि चौथो जितको खोजिमा हुनेछ । लिगमा ६ खेल खेलेको उल्भ्स १० अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ ।

घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेको एभर्टन र दोस्रो स्थनमा रहेको उल्भ्ससँग अंक बराबरी गर्ने योजनामा उल्भ्स छ ।