अमेरिकामा ८ करोडभन्दा बढीले गरिसके मतदान

वाशिङ्टन : संयुक्त राज्य अमेरिकामा हालसम्म ८ करोडभन्दा बढीले मतदान गरेका छन् । नोभेम्बर ३ मा हुने निर्वाचनका लागि अमेरिकामा हालसम्म ८ करोडभन्दा बढी मतदान गरेका छन् ।

अमेरिकामा २४ करोड ५० लाखभन्दा बढी योग्य मतदाता रहेका छन् । सन् २०१६ मा १४ करोडले मतदान गरेका थिए । टेक्सासमा ८५ लाखले मतदान गरिसकेका छन् । सन् २०१६ मा टेक्ससमा यही संख्यामा कुल मत खसेका थिए ।

त्यसैगरी क्यालिफोर्नियमा ८४ लाखले मतदान गरिसकेका छन् । त्यसपछि सबैभन्दा धेरै मतदान हुने राज्यमा फ्लोरिडा रहेको छ । फ्लोरिडामा ७३ लाखले मतदान गरिसकेका छन् ।

यो तथ्यांक अमेरिकी निर्वाचन परियोजनामार्फत लिइएको बीबीसीले जनाएको छ । नोभेम्बर ३ मा हुने निर्वाचनका लागि डेमोक्रेट उमेदवार जो बाइडेन र रिपब्लिनतर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्ने भएका छन् ।