कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा विराेध

कैलाली : धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनको विषयलाई लिएर स्थानीयले विरोध जनाएका छन् ।

मानववस्तीको बीचमा रहेको ‘कब्रिस्तान\मा शव व्यवस्थान गरेपछि संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीयहरु विरोध जनाएका हुन् ।
धनगढी उपमहानगरपालिका-१ स्थित सो कब्रिस्तानको गेटमा तालाबन्दी गरेर स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

आज बिहान कोरोनाका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया महिलाको शव उक्त कब्रिस्तानमा गाडेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।