माधव नेपाल फकाउदै ओली, तीनघन्टा भेटवार्ता !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार (हिजो) भएको भेटमा पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा छलफल भएको नेपाल निकट स्रोतले जनाएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दूरी बढेसँगै ओलीले भेटवार्ताका लागि नेपाललाई बालुवाटार बोलाएका थिए । भेटवार्ताका क्रममा ओलीले पार्टीमा मिलेर अगाडि बढ्ने प्रस्ताव गरेका छन् ।
नेता नेपालले विधि र प्रक्रिया अनुसार अगाडि बढ्न सुझाव दिएका थिए ।

यसअघि कात्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले नेपालसँग भेटवार्ता गरेका थिए । कात्तिक ४ गतेको भेटवार्तामा पनि ओलीले मिलेर जानका लागि वरिष्ठ नेता नेपालसँग प्रस्ताव राखेका थिए ।
प्रचण्डसँग अघिल्लो मंगलबारदेखि संवादहीनताको अवस्था उत्पन्न भएपछि ओलीले नेता नेपालसँग छलफल थालेका छन् ।