चितवनमा कोरोना संक्रमित ४ हजार भन्दा वढी

चितवन : चितवनमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना संक्रमितको संख्या ४ हजार ४३ पुगेको हो ।

जिल्लाका संक्रमित मध्य २ हजार ७ सय ४० जना भरतपुर महानगरपालिकाका रहेका छन् ।यस्तै रत्ननगरका ५ सय १३, खैरहनीका २ सय ९४, राप्तीका २ सय ६३, कालिकाका एक सय २०, माडीका ८५ र इच्छाकामना गाउँपालिकाका २८ जनामा कोरोना पुष्टि स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका संक्रमित मध्य २ हजार ५ सय १९ जनाले कोरोना जितेका छन् । एक हजार ४ सय ७१ जनामा भने अझै कोरोना सक्रिय रहेको छ । कोरोना संक्रमणबाट अहिलेसम्म ५३ जनाको मृत्‍यु भइसकेको छ ।