स्वास्थ्य मन्त्रालयको कोरोना ब्रिफिङ साताको दुई पटक मात्र

काठमाडौँ : सरकारले अबदेखि कोरोना बारेको नियमित मिडिया ब्रिफिङ साताको दुई पटक गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि साताको दुई पटक कोरोनाबारेको मिडिया ब्रिफिङ हुने बताएका छन् ।

डा. गौतमले अब आइतबार र बुधबार कोरोना बारेको मिडिया ब्रिफिङ हुने बताएका छन् ।

हरेक दिनको आँकडा अपडेट भने स्वास्थ्य मन्त्रालयको वेभसाइट र अन्य माध्यममा हरेक दिन साढे ४ बजे हुने प्रवक्ता गौतमले जानकारी दिएका छन् ।