कोरोना : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने ७७ को मृत्यु

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा उपचाररत धरानकै ५० वर्षीय पुरुषको मृत्यु भएसँगै हालसम्म सो अस्पतालमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

अस्पतालका अनुसार हाल कोरोना पोजेटिभ भएका २४ जना उपचाररत रहेका छन् । यस्तै आजसम्म भर्ना भएकामध्ये ८४० जना निको भएर घर फर्किसकेको अस्पतालले जनाएको छ ।