चितवनमा कोरोना संक्रमितको संख्या ४ हजार नजिक

चितवन । चितवन स्वास्थ्य कार्यालयले दिएको विवरण अनुसार चितवनमा सोमबार दिउँसोसम्म कुल संक्रमितको संख्या ३ हजार ९ सय ४७ पुगेको छ । तीमध्ये २ हजार १ सय ४४ मात्र निको भएका छन् । निको हुन बाँकी एक हजार ७ सय ५२ छन् । निको हुन बाँकीमध्ये १ हजार ३ सय ४५ जना होम आइसोलेसनमा छन् ।