अक्सफोर्ड खोपले वयस्क र वृद्धमा समान प्रतिरोधात्मक प्रतिक्रिया देखायो : अस्ट्राजेनिका

लन्डन : अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिड १९ खोपले वृद्ध र वयस्क दुबैमा समान रोग प्रतिरोधात्मक क्षमता उत्पन्‍न गराएको र वृद्धहरुमा प्रतिकूल प्रतिक्रिया कम भएको बेलायतको औषधि निर्माता कम्पनी एस्ट्राजेनिका पीएलसी जनाएको छ ।

अस्ट्राजेनिकाले सोमबार यस खोपले नोभेल कोरोना भाइरसविरुद्धको लडाइँमा ‘गेम-चेन्जर’ काम गर्ने देखिएको बताएको छ । कोरोना भाइरसले हालसम्म विश्‍वभर ११ लाख ५० हजारभन्दा बढी कोरोना भाइरस संक्रमितको मृत्यु भइसकेको छ भने विश्वव्यापी अर्थतन्त्रमा दोस्रो विश्वयुद्ध पछिकै सबभन्दा ठूलो षमित पुर्‍याएको छ ।

विश्वव्यापी रूपमा सामान्य जीवन शैलीमा प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको अवस्थामा अक्सफोर्डको कोभिड-१९ खोपले केही आशा जगाउने जनाइएको छ ।

“यसको रोग प्रतिरोध क्षमता वृद्ध र कयौं वयस्कहरुमा समान देखिनु उत्साहजनक छ र ती वयस्कहरूमा रिएक्टोजेनिसिटी कम थियो, जहाँ कोभिड-१९ को संक्रमण उच्च रहेको थियो,” अस्ट्राजेनिकाका प्रवक्ताले रोयटर्सलाई -भने ।

वृद्धहरूले खोपबाट प्रतिरक्षा प्राप्त गर्ने समाचार सकारात्मक छ किनभने प्रतिरक्षा प्रणाली उमेरसँगै कमजोर हुन्छ र वृद्धहरू ती भाइरसबाट मृत्यु हुने जोखिम पनि बढी हुन्छ ।

फाइनान्सियल टाइम्सका अनुसार यो खोप अक्सफोर्ड र अस्ट्राजेनिकाले विकास गरेको यस खोपले वृद्ध उमेर समूहमा सुरक्षात्मक एन्टिबडी र टी-सेलहरुको निर्माण गर्दछ ।

खोजको परीक्षण विवरण चाँडै नै क्लिनिकल जर्नलमा प्रकाशित हुने फाइनान्सियल टाइम्सले जनाएको छ ।

बेलायती स्वास्थ्य सचिव म्याट ह्यान्ककले भ्याक्सिन तयार नभए पनि उनले सम्भावित खोप तयार भइरहेको बताएका छन् । “म आशा गर्दछु कि खोपको ठूलो हिस्सा अर्को वर्षको पहिलो छ महिनामा वितरण गरिनेछ,” ह्यान्ककले बीबीसीलाई भने ।

यस वर्ष केही व्यक्तिले खोप लिन सक्छन् कि भनेर सोधिँदा उनले बीबीसीलाई भनेका थिए, “म यसलाई रद्द गर्दिन तर यो मेरो केन्द्रीय अपेक्षा होइन ।” – रोयटर्स