चितवनमा ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

चितवन : चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका का १ का ती वृद्धको गएराति साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष कात्तिक ८ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ती पुरुष उच्च रक्तचाप, दम तथा मधुमेहबाट समेत ग्रसित थिए । उनलाई कोभिड आईसीयू कक्ष भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको लम्सालले बताए ।