काठमाडौं उपत्यकामा फेरी १५३५ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५३५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६२९ महिला र ९०६ पुरुष रहेका छन् ।

काठमाडौंमा मात्र हालसम्म १९ हजार ८२६ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने १९३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ४९४ जना सक्रिय संक्रमित रहेका छन् भने ५६ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ४३० सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

शनिबार काठमाडौं उपत्यकामा एक हजार ११० कोरोना भाइरस संक्रमित थपिएका थिए ।

काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार ६४३ जना होम आइसोलेसनमा रहेका छन् ।