मौसम सामान्यतया सफा, केही स्थानमा आंशिकदेखि सामान्य बदली

काठमाडौं । देशभरको मौसममा खासै प्रभाव पार्ने कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहेको छ । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ । प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुनेछ । त्यस्तै अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राती प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।