आजको मौसम :सामान्यतया सफा, केहि ठाउँमा आंशिक बदलीको सम्भावना

चितवन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वंगालदेश आसपासमा न्युन चापिय क्षेत्र रहेको छ । त्यस्तै हाल प्रदेश न १, प्रदेश न २ र बागमती प्रदेश मा आंशिक बदली रहेको छ ।

महाशाखाले जानकारी दिए अनुसार आज दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज भने राती प्रदेश १ मा सामान्य बदली तथा बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।